काठमाडौं । सभामुखमाथि दलीय दबाब जहिले पनि पर्ने गर्छ। संसद् र सांसदका अजेन्डाका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच द्वन्द्व हुने गर्छ।
यसलाई मिलाउन नसकेमा सभामुखले संसद्को कारबाही अघि बढाउन सक्दैनन्। कतिपय अवस्थामा आफैं मध्यस्थकर्ता भएर पनि सत्तापक्ष र प्रतिपक्षलाई मिलाउन सभामुखले पहल गर्नुपर्छ। त्यसैले सभामुखलाई प्रतिनिधिसभाको ‘स्वतन्त्र र निष्पक्ष प्रतिनिधि’ का रूपमा लिइन्छ।
सभामुख प्रतिनिधिसभाको अध्यक्षता गर्ने अधिकारी हो। सरकारले दिने बिजनेसको सुव्यवस्थित प्रवाह सुनिश्चित गर्ने काम सभामुखले गर्नुपर्छ। संसद्ले लिखित र अलिखित दुवै संसदीय नियम पालना गर्छ। यी नियमलाई सभामुखले निष्पक्ष रूपमा व्याख्या गर्नुपर्छ। मुख्यगरी सदनको विश्वास जोगाउन सभामुखको काम निष्पक्ष हुनुपर्छ।
एक पूर्वसभामुखले भने, ‘सभामुखले संसद्को विश्वसनीयता गुमाएको खण्डमा सदन सही ढंगले चल्न सक्दैन। यस्तो अवस्थामा कि सम्बन्धित दलले भूमिका खेल्दिनुपर्छ नत्र सभामुखको विकल्प खोज्नुपर्छ। सभामुखले कहिले पनि बहसमा भाग लिन नपाइने भनेको पनि सभामुखलाई निष्पक्ष राख्न नै हो।’
पछिल्लो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालन गर्न सकिरहेको अवस्था छैन। होहल्लाका बीचमा बजेट पारित गरेको संसद् अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने बेलामा बिनाअवरोध चल्नुपर्छ भन्ने सभामुख सापकोटाको अडान छ। नागरिक दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ माघ २०७८, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता