कावासोतीका अटो चालक हत्या आरोपमा एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, २१ : ०९
कावासोतीका अटो चालक हत्या आरोपमा एक जना पक्राउ

चितवन । नवलपुरको कावासोतीमा भएको अटो चालक हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । माघ १७ गते राति अटो चालकको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई  झापाबाट पक्राउ गरेको हो ।

कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षका माधवप्रसाद गिरीको हत्या आरोपमा कावासोतीकै २० वर्षका पृथ्वी भुजेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार २० वर्षका भुजेल नेपाल भारत सीमाको काँकडभित्ताबाट बुधबार साँझ पक्राउ परेका हुन् । बिहीबार साँझसम्म पक्राउ परेका अभियुक्त भुजेललाई नवलपुर ल्याइसक्ने प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस