एमसिसीमा खसी देखाएर फर्सी भिडाउन खोजियो : केसी

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, २० : ३५
एमसिसीमा खसी देखाएर फर्सी भिडाउन खोजियो : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोजेको आरोप लगाएका छन् ।

बुधबार राष्ट्रिय जनमोर्चासहितका विभिन्न राजनीतिक दलले एमसीसीको विरोधमा प्रदर्शनपछि आयोजित सभामा बोल्दै केसीले अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको टिप्पणी गरे ।

नेपाली जनता के भेडा हुन् ? बेबकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो अमेरिकाको’ उनले भने ।

प्रतिक्रिया दिनुहोस