सत्यमोहन जोशीको मुटुमा समस्या, कोभिड नेगेटिभ

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, २० : १०
सत्यमोहन जोशीको मुटुमा समस्या, कोभिड नेगेटिभ

 काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको कोभिड १९ पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

छातीमा निमोनिया संक्रमणले अक्सिजनको मात्रा कम हुँदा किस्ट अस्पतालमा उपचार गराइरहेका जोशीको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिएका छन् ।

यद्यपि इकोकार्डियोग्राफीको रिपोर्टले जोशीको मुटुमा समस्या देखाएको छ । छाती रोग विशेषज्ञ प्राडा मिलेशजंग सिजापतिको नेतृत्वमा मुटु रोग विशेषज्ञसहितको मेडिकल टोलीले जोशीको उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस