कोरोना अपडेट : थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, १६ : ५४
कोरोना अपडेट : थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ६०३ र एन्टिजेन विधिबाट ४ हजार ७५३ जनामा परिक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण देखिएको हो ।  

यस्तै, आज थप ७ हजार ७७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने संक्रमणबाट १४ जनाको मृत्यु भएको जानकारी छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ ।