सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

सफल खबर संवाददाता

बुधबार, २६ माघ २०७८, ०७ : ५४
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ । छातिमा समस्या भएपछि मंगलबार ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । 

छातीमा निमोनिया देखिनाका साथै उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालका निर्देशक डा सुरज बज्राचार्यले बताए । उनले भने, “उहाँमा कोरोना भए नभएको जानकारी पाउन आज हामीले कोरोना परीक्षण गरेका थियौँ तर रिपोर्ट भने आउन बाँकी नै छ ।” अहिले उनमा हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा पनि बढिसकेको बज्राचार्यले बताए । 

जोशीलाई निमोनियाको औषधि दिएर अस्पतालमा राखिएको बज्राचार्यले जानकारी दिए । जोशी गत वैशाख ३० गतेदेखि १०० वर्षमा हिँड्दै छन् । जोशीका साथै उनकी धर्मपत्नी राधादेवीले सो कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि केही समय पहिला नै आआफ्नो शरीर मरणोपरान्त दान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस