स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोना विजयी

सफल खबर संवाददाता

सोमबार, २४ माघ २०७८, ११ : १२
स्पेनिस लिग फुटबलमा रियाल मड्रिड र बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस लिग फुटबलमा गएराति शिर्ष क्लबहरु रियाल मड्रिड र बार्सिलोना विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले ग्रानाडालाई १–० ले हरायो । रियालको जितमा मार्को एसेन्सीयोले ७४औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

गएराति भएको अर्को खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई ४–२ ले पाखा लगाएको हो । बार्साको लागि योर्डी अल्बा, पायज गाभिरिया, रोनाल्ड आराओ र डानी आल्भेजले एक एक गोल गरका थिए ।

एथ्लेटिको मड्रिडका यानिक कारास्को र लुइस सुवारेजले एक एक गोल फर्काएका थिए । ला लिगाकै अन्य खेलहरुमा भियारियालले रियाल बेटीसलाई २–० ले हराउँदा भ्यालेन्सीयाले रियाल सोसीडाडसँग गोलरहित बराबरी खेलेको हो ।

गएरातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा २३ खेलबाट ५३ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ । समान खेलबाट ४७ अंक जोडेको सेभिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको रियाल बेटीसको ४० अंक छ । एक खेल कम खेलेको बार्सिलोना ३८ अंकसहित चौथौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस