इटालीयन सिरि ए : युभेन्ट्सको १३ औँ जित

एजेन्सी

सोमबार, २४ माघ २०७८, ०८ : ०९
इटालीयन सिरि ए : युभेन्ट्सको १३ औँ जित

एजेन्सी । इटालीयन सिरि ए मा युभेन्ट्सले आइतबार राति हेलास भेरोनालाई २-० ले पराजित गरेको छ । जारी लिगमा १३औं जित निकाल्ने क्रममा युभेन्ट्सको लागि डुसान भिलाहोभिक  र डेनिस जाकारियाले १-१ गोल गरे  ।

जितपछि युभेन्ट्स २४ खेलबाट ४५ अंकसहित चौथो स्थानमा छ  । समान खेलबाट ३३ अंकसहित भेरोना नवौं स्थानमा छ ।  सिरी ए मा २३ खेलमा ५३ अंकसहित इन्टर मिलन शीर्ष स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस