काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।
डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे । उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पूँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने काममा सक्रिय हुन उहाँले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २० माघ २०७८, १९ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने
विप्लव पार्टीको चुनाव चिन्ह्रमा जनार्दन चुनाव लड्ने !
अन्जना विसंखेले पनि छोडिन जनार्दन शर्माको साथ
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन शर्मा