चितवनका विद्यार्थीहरुलाई आइतबारबाट कोरोना खोप लगाइने, अनेरास्ववियुले दियो धन्यवाद

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १६ : ५३
चितवनका विद्यार्थीहरुलाई आइतबारबाट कोरोना खोप लगाइने, अनेरास्ववियुले दियो धन्यवाद

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले कोरोना रोकथामका लागि चितवनका विद्यालयमा माघ २३ गते आइतबारबाट विध्यालय खोप अभियान संचालन हुन लागेकोमा धन्यवाद व्यक्त गरेको छ । अनेरास्ववियु चितवनका अध्यक्ष साकार लामाले आज एक विज्ञप्ति जारी गर्दै धन्यवाद दिएका हुन । 

अनेरास्ववियुले खोपको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्री विरोध खतिवडा र बाग्मति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसंग आग्रह गरेको थियो । बिहिबार स्वास्थ्य कार्यालय चितवनले विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउनको लागि चितवनमा ११४ वटा केन्द्र तोकेको छ ।

विद्यालयले तोकिएको खोप केन्द्रमा तालिका हेरी जन्मदर्ता वा उमेर खुल्ने परिचयपत्रसहित उपस्थित भएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप लगाउन सहज होस् भनेर स्वास्थ्य कार्यालयले खोप केन्द्रको सम्पर्क व्यक्तिको टेलिफोन नम्बर पनि उपलब्ध गरेको छ ।चितवनका ७५ हजार विद्यार्थीहरुका लागि मोर्डना खोप लगाउन लागिएको हो । 

प्रतिक्रिया दिनुहोस