काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनमा नेपाली खेलाडी सन्दीप लामिछाने परेका छन्। नेपालबाट १५ खेलाडीले नाम दर्ता गराए पनि सन्दीपको नाम मात्र अक्सन परेको बीसीसीआइले जनाएको छ।
अक्सनबाट लामिछाने कुनै पनि टिमल भित्र्याउन चाहे न्यूनतम ४० लाख भारु अर्थात् ६४ लाख नेपाली तिर्नुपर्ने हुन्छ। लामिछानेबाहेक आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले नाम दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित
आइपीएल : सनराइजर्ससँग ४२ रनले हार्यो आरसीबी