महानगरकै थाप्लोमा आयो गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

धुर्मुस हौसिदाको परिणामले ल्यायो समस्या

प्रकाश सिग्देल

सोमबार, १७ माघ २०७८, १५ : ४५
महानगरकै थाप्लोमा आयो गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला

चितवन । न निर्माण व्यवसायी, न त देशको ठुलो व्यवसायीक घरानाका मान्छे । न राज्यको निकायमा ठुलो पहुँच भएका प्रभावशाली नेता, यी केही हैन्न सिताराम कट्टेल धुर्मस । कलाकारिताबाट दर्शकलाई मनोरञ्जन दिएर राम्रै गरिखाएका धुर्मुस रंगशाला बनाउने भन्दै मेलो न मेसोको बाटोतिर लागेपछि नराम्रो गरी फसेका छन् । राम्रै गर्ने उदेश्यका साथ कामको थालनी भएको भएपनि उनले सुरु गरेको अन्तराष्ट्रिय स्तरको भनिएको चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला अहिले आर्थिक अभावका कारण अलपत्र छ ।

रंगशाला अलपत्र बनेको ५ महिना बितिसक्दा पनि सिताराम कंटेल धुर्मुसले अहिले सम्म आर्थिक रिपोर्ट सार्वजनिक गर्न सकेका छैन्न ।असार मसान्तर सम्मको करिव ६० करोड खर्च र १७ करोड ऋण तिर्न रहेको भनेर भरतपुर महानगरमा प्रारम्भिक प्रतिवेदन बुझाएका धुर्मुसले अहिले सम्म अडिट रिपोर्ट सार्वजनिक  गर्न नसकेका हुन् ।

धुर्मुसको ढिलाईले गर्दा रंगशाला निर्माणको बाकी प्रक्रिया अगाडी बढाउन गाह्रो भएको सरकारी अधिकारीहरुले बताएका छन् । प्रारम्भिक रिपोर्ट सार्वजनिक भएकोमा उल्टै आक्रोस पोख्दै धुर्मुसले पारिवारिक पिडामा परेको र आफुलाई कोरोना लागेकोले रिर्पोट तयार पार्न ढिला भएको जवाफ भरतपुर महानगरमा आयोजित छलफलमा सरकारी अधिकारी र सहभागीलाई दिए ।

मुसहर वस्ति निर्माणबाट हौसिएका सिताराम कंटेल धुर्मुसले लहै लहैमा देखेको ३ अर्बको परियोजनाले उनि ठुलो भुमरीको भाषमा नराम्रो गरी फसेको पछिल्ला गतिबिधिले प्रस्ट देखाउँछ ।

रंगशाला अलपत्र परेपछी उनलाई आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ भने दाताहरुले आफुले दिएको रकमको हिसाब खै भन्न थालेका छन् । रंगशाला छेउ घर भएका जित बहादुर बस्नेतले आफुले धनिया बेचेर दिएको पैसाको हिसाव अब के हुने भनेर प्रश्न गरेका छन् ।

आफनो घाटी नहेरी दुनियाँले दिएको सबै आहारा तरलाउन सक्छु भनेर हौसिदाको क्षणिक उमंगको परिणामले अहिलेको नतिजा आएको धेरैको बिष्लेषण छ ।कलाकारिताबाटै राम्रो घरबार बसालेका उनी रंगशाला निर्माण कार्यको महत्वकांक्षी सपना देखेर ठेकेदार बन्न लागेपछि ढिलो चाडो यहि नतिजा आउने थियो, आयो यो स्वाभिक परिणामनै भएको बुझाई कृषि तथा वन बिज्ञान बिश्व बिद्यालयका प्राध्यापकहरुको छ ।

अहिले रंगशाला निर्माणका लागि आर्थिक अभाब भएको असार मसान्त सम्म मात्रै १७ करोड बढि ऋण तिर्न बाकी रहेको भन्दै निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामबाट धुर्मुस–सुन्तली फाउण्डेसन पछि हटेको छ । स्थानियले आर्थिक पारदर्शीताको प्रश्न फाउण्डेसनलाई गरिरहेका छन् । निर्माणमा सुरु देखि शंंका रहेको र अहिले त्यो पुर्ण रुपमा छताछुल्ल भएको स्थानिय  मिनबहादुर बस्नेतले बताए ।

५ महिना देखि निर्माण कार्य अलपत्र परेपछि भरतपुर महानगरले फाउण्डेसनलाई पत्र लेखी काम अघि बढाउन वा सम्झौता अनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउण्डेसन बाध्य भएर महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने स्थितिमा पुगेको हो ।

फाउण्डेसनले महानगरलाई स्वामित्व लिन भनेपछि महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताईन् । फाउण्डेसनले प्रारम्भिक आर्थिक प्रतिबेदन मात्रै महानगरमा पेश गरेको र बाकी प्रतिबेदन आएपछि त्यसलाई थप जाँच गरी मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाउने र बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन् ।

मन्त्री र सचिबले गरे आर्थिक पारदर्शीताको प्रश्न

भरतपुर महानगरमा महानगर द्धारा आयोजित छलफलमा संघिय सरकार युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले चितवनको भरतपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला नखाउ भने दिनभरीको शिकार खाउ भने कान्छा बाको अनुहार जस्तो भएको बताएका थिए ।

उनले यो गौरवको आयोजना भएकाले अब जस्तो सुकै अवस्था आएपनि रंगशालालाई अलपत्र पर्न नदिने र सरकारले बनाई छाड्ने प्रतिवद्धता समेत जनाएका थिए ।स्थानिय सरकार, जनताको पसिना रंगशालामा परिसकेकोेले यसको प्राबिधिक र भौतिक मुल्याकंनका चाडै टुंग्याएर महानगरमा हस्तान्तरण पश्चात सरकारले बाकि काम गर्ने उनको भनाई थियो ।

त्यस्तै मन्त्रालयका सचिब डा दामोदर रेग्मीले धुर्मुश सुन्तली फाउण्डेसनले यसको आर्थिक रिर्पोट चाडै सार्वजनिक गर्नुपर्ने र जनताले उठाएका प्रश्नहरुको जवाफ दिन ढिला गर्न नहुने बताउदै जति धेरै ढिला भयो त्यती शंकाहरु बढ्ने भन्दै चाडै गर्न फाउण्डेसनलाई आग्रह गरेका थिए ।

सोही छलफलमा नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले जनताले दिएको पैसाको एक एक हिसाब धुर्मुस सुन्तली फाउण्डेसनले दिन आवश्यक रहेको बताएका थिए । यसमा आर्थिक अनियमितताको प्रश्न उठेकाले यसको जवाफ दिन फाउण्डेसनले ढिलाई गरेको श्रेष्ठको तर्क थियो । जवाफमा  सिता राम कंटेल धुर्मुसले भने आर्थिक मुल्याकंनको काम भईराखेको र सबै काम सम्पन्न भएपछि यसको बारेमा फाउण्डेसनले आफै कार्यक्रम गरेर सार्वजनिक गर्ने बताए । आर्थिक अनियमिममता नभएको र भएको भए सजाय भोग्न तयार रहेको समेत उनले सुनाए ।

धुर्मुसले यो रंगशाला निर्माणमा हुँदै नभएको खर्च देखाएर यसमा धेरै आर्थिक अनियमितता भएको भन्दै उनको आलोचना भईरहेको छ । अहिले सम्म धुर्मुसले यसको आर्थिक हिसाब सार्वजनिक गर्न नसक्नुले पनि शंका थप बढाएको छ ।

रंगशालाको वि सं २०७५ माघ १६ गते काठमाडौंमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो ।

धुर्मुसले यो परियोजनाबाट हात झिक्दा लाखौ नेपालीले दुख गरेर देश बिदेशमा कमाएको रकम समेत अलपत्र बनेको ठहर नागरिकले गरेका छन् । यो परियोजनाले घाटी हेरेर हाड निल्नु पर्छ, क्षमता अनुसारको मात्रै आट गर्नु पर्छ रौसिएर हौसियर काम गर्दा दुख पाईन्छ  भन्ने भनाई राम्रो संग स्मरण गरी व्यवहारमा कार्यान्वयन गर्न सबैलाई उदाहरण बनेको छ ।  

 

 

 

प्रतिक्रिया दिनुहोस