मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ: मन्त्री चौधरी

सफल खबर संवाददाता

आइतबार, १६ माघ २०७८, १७ : ०२
मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ: मन्त्री चौधरी

काठमाडाैँ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् । 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिए ।

मन्त्री चौधरीले भने, “अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।”

अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडाैँ उपत्यकामा आउने विश्वास दिलाउँदै उनले एशियाली विकास बंैकको अध्ययन प्रतिवेदनका आधारमा  स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए । 

आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उनले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिए । गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पु-याएको थियो ।

प्रतिक्रिया दिनुहोस