काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले शनिबार साँझ एक सूचनामार्फत बैठक स्थगित भएको जानकारी दिएको हो।
कोभिड १९ संक्रमणको जोखिमलाई कारण देखाउँदै संसद बैठक माघ २६ गतेसम्मका लागि स्थगित भएको हो ।
शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै लेखेको छ, ‘कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ संसदमा प्रतिपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ माघ २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा महिला सांसदबारे भइरहेको प्रचारप्रति संसदमा आपत्ति
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
सभामुखबाटै प्रतिनिधिसभा नियमावलीको पालना नभएको विपक्षीको आरोप
सरकार र सभामुखको भूमिकामाथि नेकपाको प्रश्न
संसदमा श्रम संस्कृतिको निरन्तर विरोध, प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान