गैँडाकोट जेसिजले मनायो १५ औ पदस्थापना, पद हस्तान्तरण समाहरोह

प्रकाश सिग्देल

शनिबार, १५ माघ २०७८, १५ : ५६
गैँडाकोट जेसिजले मनायो १५ औ पदस्थापना, पद हस्तान्तरण समाहरोह

चितवन । गैँडाकोट जेसिजको वर्ष २०२२ का लागि १५ औ पद स्थापना, पद हस्तान्तरण  समाहरोह  सम्पन्न भएको छ । केहि दिन अगाडी चयन भएको जेसी शंकर अधिकारीको नेत्रित्वलाई वर्ष २०२१ को समितिले पद हस्तान्तरण गरेको हो । वर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि पौडेलले गैँडाकोट क्षेत्रभित्र रहेर जेसिजले समाज सेवाका काम गर्दै आएको र आगामी दिनमा पनि यहाँका बिपन्न समुदायको हित र विकासमा धेरै काम गर्न आग्रह गरे । आफुले पनि आफनो ठाउँबाट आवस्यक सहयोग र समन्वय गर्ने पौडेलको भनाई छ ।

कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख बिष्णुकुमारी कंडेल, जेसिजका राष्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्रराई लगाएतले नयाँ नेत्रित्वको सफल कार्यकालको कामना गरेका थिए  ।सो अवसरमा बोल्दै २०२२ का अध्यक्ष अधिकारीले आगामी दिनमा आफनो टिमले सबै संग सहकार्य र समन्वय गरेर समाज विकास र रुपान्तरणका लागि काम गर्ने बताए । नया समितिले सामाजिक हित र विकासका लागि आफनो तन मन र धन खर्च गरेर नमुना काम गरेर देखाउने अधिकारीको भनाई छ । सबैको साथ भए युवाहरुले धेरै काम गर्न सक्ने उनले बताए ।

यस अघि भएको निर्वाचनले जेसी शंकर अधिकारीको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको थियो । जसको  कार्यकारिणी उपाध्यक्षमा जेसी विपिन सापकोटा ,जेसी हरि पौडेल, उपाध्यक्षमा जेसी सन्देश पराजुली,कानुनी सल्लाहकारमा जेसी मदन सापकोटा, महासचिवमा जेसी रोजन घिमिरे, कोषाध्यक्षमा जेसी इश्वर पौडेल चयन गरेको थियो ।

कार्यक्रममा वर्ष २०२१ का अध्यक्ष दया सापकोटाले आफनो कार्यकालमा भए गरेका कामको बारेमा जानकारी गराएका थिए । कोभिडका बिच पनि आफुहरुले धेरै काम गर्न सफल भएको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस