सत्ता गठबन्धनको बैठक अपराह्न फेरि बस्ने

सफल खबर संवाददाता

शनिबार, १५ माघ २०७८, ११ : ४६
सत्ता गठबन्धनको बैठक अपराह्न फेरि बस्ने

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखभित्रै गराउन दबाब बढिरहेका बेला सत्ता गठबन्धनको बैठकमा पनि संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ ।

प्रचण्ड र माधव नेपाललाई समेत मनाएर समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी कांग्रेस नेताले बताए ।

प्रतिक्रिया दिनुहोस