भिजिट भिसामा दुबई आएका नेपाली स्वदेश फर्किए

सफल खबर संवाददाता

शुक्रबार, १४ माघ २०७८, २० : ५८
भिजिट भिसामा दुबई आएका नेपाली स्वदेश फर्किए

काठमाडौँ । त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई आएका केही नेपाली स्वदेश फर्केका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत भिजिट भिसामा दुबई आएका ११८ जनामध्येका करिब २ दर्जन नेपाली युवा नेपाल फर्किएका हुन् ।

करिब पाँच महिना पहिले मनग्य तलब र आकर्षक जागिर पाउने आशामा दलालमार्फत भिजिट भिसामा आएका ११८ नेपाली युवा दुबईमा अलपत्र परेका थिए । तीमध्ये ४ दर्जन भन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेका वा अवकाश पाएका थिए ।

प्रतिक्रिया दिनुहोस