भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, २० : ४९
भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् ।

 उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस