चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्षको गाडी तोडफोड

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १९ : ०६
चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्षको गाडी तोडफोड

काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्‍यक्ष प्राडा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट कार्यालय जाँदै गर्दा बिहीबार बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुंगा प्रहार गरी आक्रमण गरेको हो । आक्रमणबाट गाडीको पछाडिको भागको सीसा फुटेको छ । उक्त आक्रमणको घटनाको आयोगले विरोध जनाउँदै आयोगले संलग्‍नमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस