चितवनमा २८२ नयाँ संक्रमित थपिए, एक जनाको मृत्य

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, १५ : २३
चितवनमा २८२ नयाँ संक्रमित थपिए, एक जनाको मृत्य

चितवन।चितवनमा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस सँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४३९ पुगेको छ ।

त्यस्तै आज जिल्लाभर २८२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा चितवनमा ७३० जनाको कोरोना परिक्षण गर्दा थप २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज जिल्लाभर ३ हजार ७५८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३ हजार ७२० जना होम आइसोलेसनमा रहेका छन् भने ३८ जना अस्पतालमा उपचाररत छन् ।यता, आज जिल्लाभर १४६ जना कोरोना मुक्त भएका छन् । यस सँगै कोरोनामुक्त हुनेको २७ हजार ३८३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस