वीरगञ्ज । भारतीय नम्बर प्लेटको कारको ठक्करबाट बारामा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार राति साढे ८ बजेतिर बी आर ०५ ए आर ५१५१ नम्बरको कारले ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा भएको दुर्घटनामा कलैया उपमहानगरपालिका–५ निवासी सितल साह र नरेश साहको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । कारमा सवार तीनजनालाई नियन्त्रणमा लिईएका घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु