वीरगञ्ज । भारतीय नम्बर प्लेटको कारको ठक्करबाट बारामा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार राति साढे ८ बजेतिर बी आर ०५ ए आर ५१५१ नम्बरको कारले ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दाजुभाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज कलैया सडकखण्ड अन्तर्गत कलैया उपमहानगरपालिका–२५ सिसहनिया चोकमा भएको दुर्घटनामा कलैया उपमहानगरपालिका–५ निवासी सितल साह र नरेश साहको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको तीव्र गतिको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । कारमा सवार तीनजनालाई नियन्त्रणमा लिईएका घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते