इलाम । जिप दुर्घटना हुँदा इलाममा दुईजनाको मृत्यु भएको छ । झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप आफै अनियन्त्रित भई सडकदेखि करिव पाँच सय मिटर तल झरेको छ ।
मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ वस्ने वर्ष ५५ का रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ। उनलाई उपचारका लागि झापाको विएण्डसी अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते