बैतडी । बैतडीको मेलौलीमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो ।
घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् ।
कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका(५ की २१ वर्षाीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बस बिहान करिब ६ बजे दुर्घटनामा परेको हो । बस सडकबाट ५ मिटर तल खसेको छ । चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ माघ २०७८, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु