यी जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, ०७ : ५९
यी जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित

काठमाडौं । कोरोनाभाइरसको ५०० भन्दाबढी संक्रमित भएको जिल्ला १७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । 

यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । 

हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ यस्तै देशभर सक्रिय संक्रमित ९० हजार बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस