राज सिग्देलको स्वरमा ‘उस्को याद’ सार्वजनिक(भिडियोसहित)

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, १५ : ०८
राज सिग्देलको स्वरमा ‘उस्को याद’ सार्वजनिक(भिडियोसहित)

काठमाडौं । ‘उ जितेर गई या हारेर गई’ गीतका गायक राज सिग्देलको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । विनम खत्रीका शब्द सिर्जना रहेको गीतमा मन राज गुरुङको संगीत रहेको ‘उस्को याद’मा राजु कार्कीको एरेन्ज रहेको छ ।

लामो समयदेखि प्रेममा रहेका जोडीको ब्रेकअप र प्रेममा आएको उतार–चढावपछि प्रेमीले भोगेका परिस्थितिलाई भिडियोमा निर्देशक मन राज प्ल्हेमे गुरुङले कलात्मक शैलीले देखाएका छन् ।

जापानका विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा अनु मगर, योकृस सुवेदी, राम (लक्की) खत्री र सिबा सुवेदी गल्कोटे साइलोको अभिनय देख्न सकिन्छ ।

समय र परिस्थितिमा रुमलिएको विवश मायाको कथालाई रोजगारीको सिलसिलामा जापानमा रहेका नेपाली युवाहरुको समूहले बजारमा ल्याएको भिडियोको छायांकन र सम्पादन विनम खत्रीले गरेका हुन् ।

रोजगारीको सिलसिलामा प्रवाशमा रहेर पनि नेपाली कला साहित्य र संस्कृतिको उत्थान र प्रर्वद्धनमा लागिपरेका होनाहार युवाहरुको यो कदमको नेपालमा चर्चा सुरु भएको छ ।निर्माण यूनिटले आगामी दिनमा पनि भिडियो निर्माणमा निरन्तरता दिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस