सिके राउतका कार्यकर्ताले गरे हरिओनका मेयरको गाडी तोडफोड, मेयर र उपमेयर सामान्य घाईते

सफल खबर संवाददाता

बुधबार, १२ माघ २०७८, ११ : ३२
सिके राउतका कार्यकर्ताले गरे हरिओनका मेयरको गाडी तोडफोड, मेयर र उपमेयर सामान्य घाईते

जनकपुर  । जनकपुरधाममा राष्ट्रिय सभाको मतदान गर्न आएका हरिओन नगरपालिका, सर्लाहीका प्रमुख गनेश प्रसाईं र उप प्रमुख रेनुका पौडेल चढेको गाडीमाथि सिके राउतका कार्यकर्ताले तोडफोड गरेका छन्। तोडफोडका क्रममा नगरप्रमुख गनेश प्रसाईंलाई चोट लागेको छ ।

जनकपुरधामको राम चोकमा प्रमुखर उपप्रमुख मतदान गर्न आइरहेको समय प्रदेश २–०३–००१ झ ००२० नम्बरको गाडीमा तोडफोड गरेका छन् । सोही क्रममा प्रमुख प्रसाईलाई चोट पटक लागेको हो।

राष्ट्रियसभाको मधेस प्रदेशमा २ पदका लागि आज मतदान हुँदैछ । सोही मतदानकक्ष नजिक जनमत पार्टीका कार्यकर्ताहरुले किसान आन्दोलनको नाउँमा तोडफोड तथा प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले जनमतका केही कार्यकर्ताहरुलाई नियन्त्रणमा समेत लिइसकेको छ भने दर्जनौँ राउण्ड अश्रुग्यासँ प्रहार गरेका छन् ।आन्दोलन छिनमै मथ्थर हुने र छिनमै पुन शुरु हुने भईरहेको छ।

प्रतिक्रिया दिनुहोस