‘बतास’ समुहसंग गरिएको सम्झौता सरकारले किन गर्दैछ खारेज ?

पत्रपत्रिकाबाट

मंगलबार, ११ माघ २०७८, ०७ : ५५
‘बतास’ समुहसंग गरिएको सम्झौता सरकारले किन गर्दैछ खारेज ?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्सँग स्वीकृति समेत नलिई ‘नेपाल–भारत मैत्री धर्मशाला’ सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता मंगलबार खारेज हुने भएको छ।

मंगलबार बस्ने पशुपति क्षेत्र विकास कोषको बैठकले बताससँगको सम्झौता खारेजी गर्ने स्रोतले जनाएको छ। पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड रूपैयाँ लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न बतास समूहसँग भएको सम्झौता रद्द हुन लागेको हो।

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

उक्त समितिले सम्झौता गैरकानुनी भएको जनाउँदै ठेक्का सम्झौतामै मिलेमतो भएको समेत दाबी गरेको थियो। नारायणहिटीमा जस्तै धर्मशाला सम्झौतामा समेत बताससँग मात्रै मिल्ने मापदण्ड बनाएर ठेक्का दिएको पाइएको प्रतिवेदनले देखाएको थियो। बोलपत्र प्रस्ताव गर्दा अन्य कम्पनीलाई फेल गराउन दान, दातव्य, सामाजिक कार्यमा तीन करोड रूपैयाँ खर्च गरेको हुनुपर्ने सर्त उल्लेख गरिएकाले सम्झौतामा मिलेमतो भएको हुन सक्ने छानबिन समितिले ठहर गरेको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस