निर्माणाधिन सडकको नालामा परेर भरतपुरमा गैंडा मर्यो, निर्माण व्यवसायी पनि अनुसन्धानको घेरामा

प्रकाश सिग्देल

आइतबार, ०९ माघ २०७८, १७ : ४०
निर्माणाधिन सडकको नालामा परेर भरतपुरमा गैंडा मर्यो, निर्माण व्यवसायी पनि अनुसन्धानको घेरामा

चितवन । चितवनको भरतपुरमा बन्दै गरेको ६ लेन सडक खण्डमा नालाको कुनामा  खसेर एउटा भाले गैंडाको मृत्यु भएको छ । अन्दाजी १० देखी १२ वर्षको भाले गैंडा ढल निर्माण गर्दा खनेको साघुरो प्रकारको नालामा च्याप्पिएर मरेको निकुञ्जका सुचना अधिकारी गणेश प्रसाद तिवारीले बताए । गैँडा रातिनै नालामा परेर मरेको भएपनि स्थानियले दिउँसो मात्रै गैंडालाई खाल्डोमा खसेको अबस्थामा देखे पछि निकुञ्जमा खबर गरेको उनले बताए ।

राति बनदेवी बरण्डाभार जंगलमा गैँडा जुधेर घाईते भएर बाहिर निस्कन खोज्दा तार नागेर सडक क्षेत्रमा आएको र त्यही क्रममा सडक बनाउदा खनेको नालामा खसेर मरेको अनुसन्धान बाट खुलेको उनको भनाई छ ।  

जंगल क्षेत्रमा लगाईएको मेस जालिमा समेत गैँडाको रगत लागेको छ भने जाली भत्किएको छ । सडक निर्माण गर्दा लापरबाही गरेकोले यो क्षती हुन पुगेको तिवारीको भनाई छ । निर्माण व्यवसायी कति दोषी हो भन्ने कुरा थप अनुसन्धानबाट खुल्ने तिवारीले बताए ।गैंडाको खाग र खुर सुरक्षित रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस