पशुपति आर्यघाटमा भिडभाड

पत्रपत्रिकाबाट

आइतबार, ०९ माघ २०७८, ०८ : ४९
पशुपति आर्यघाटमा भिडभाड

काठमाडौं । पशुपति आर्यघाटमा शवदाह कार्य व्यवस्थित नहुँदा कोरोना महामारी फैलिइरहेका बेला पनि घाटमा मलामीको भीड उत्तिकै देखिने गरेको छ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार शवको चाप बढी भएको दिन घाटमा मलामीको जमघट निकै बाक्लो रहने गरेको छ।  शनिबार साँझसम्म घाटमा रहेका ११ वटा चितामा ३५ बढी शवदाह भयो।

केही दिनयता दैनिक सरदर यति नै शवदाह भइरहेको घाट व्यवस्थापन कार्यमा सरिक कोषका कर्मचारी शम्भु पौडेलले बताए । शवका साथ कम मलामी आए पनि शवको सङ्ख्या बढ्दा घाटमा मलामीको जमघट बाक्लिन गएको पौडेलले बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस