काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। जसका कारण आइतबार बिहानैदेखि सुदूरपश्चिम, कर्णाली र मधेसका प्रदेशका भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । यस्तै बाँकी प्रदेशका भूभागमा सामान्य बदली रहेको छ। सुदुरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक९दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
यसैगरी दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भने मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बाँकी प्रदेशका थोरै स्थानहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षाका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ माघ २०७८, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना