कांग्रेस महामन्त्री शर्माले भौतिक पूर्वाधार मन्त्री यादव समक्ष दिए क्षमायाचनादेखि पदमुक्तसम्मको ३ विकल्प

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, ०९ : ५०
कांग्रेस महामन्त्री शर्माले भौतिक पूर्वाधार मन्त्री यादव समक्ष दिए क्षमायाचनादेखि पदमुक्तसम्मको ३ विकल्प

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले गैह्र जिम्मेवार अभिव्यक्ति दिएको भन्दै भुल स्वीकार र क्षमायाचना गर्नुपर्ने बताएका छन् । 

कोरोना संक्रमित भएर आईसोलेसनमा रहेका शर्माले मन्त्री प्रति ३ विकल्प प्रस्तुत गरेका छन् । सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले पहिलो विकल्पमा मन्त्री स्यवंले भुल स्वीकार र क्षमायाचना गर्नुपर्ने, दोश्रोमा सम्बन्धित दलले नै पहलकदमी लिने र राजीनामा गर्न लगाउने र तेश्रो विकल्पमा पदिय मर्यादा विपरित अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री स्यवंले पदमुक्त गर्नुपर्ने जनाएका छन् । 

उनले राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रुपले बढी जिम्मेवार हुनै पर्छ भन्दै हिंसा भड्काउने अभिव्यक्ति स्वीकार्य नहुने पनि बताएका छन् ।

मन्त्री यादवले केही दिनअघि मधेसको एक कार्यक्रममा फेरि गौर हत्याकाण्ड जस्तै अर्को घटना हुने बताएकी थिइन् । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै उनले फेरि त्यस्तै हत्याकाण्ड हुनसक्ने चेतावनी दिएकी थिइन् । 

प्रतिक्रिया दिनुहोस