प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलिय बैठकबारे पार्टीलाई जानकारी छैन : एमाले उपमहासचिव रिमाल

सफल खबर संवाददाता

शनिबार, ०८ माघ २०७८, ०९ : ०५
प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलिय बैठकबारे पार्टीलाई जानकारी छैन : एमाले उपमहासचिव रिमाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपमहासचिव विष्णु रिमालले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको  सर्वदलीय बैठकबारे पार्टीलाई जानकारी नै नभएको बताएका छन् ।

‘प्रधानमन्त्रीले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समचार संचारमाध्यममा देखियो, सुनियो’, उनले भनेका छन्, ‘एमालेको सहभगिताबारे धेरैले प्रश्न गर्नुभयो। बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना आएको छैन ।’

उनले भनेका छनु–‘स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को किमार्थ सहमति नहुने हाम्रो धारणा स्पष्ट नै छ ।’ प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । 

प्रतिक्रिया दिनुहोस