सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाै लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ माघ २०७८, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ