पिएम कप: एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १३ : ०९
पिएम कप: एपीएफद्वारा पुलिसलाई १५८ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ५८ रनको लक्ष्य दिएको छ ।टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५७ रन बनायो ।

एपीएफका लागि अमर रौटेलाले सर्वाधिक २९ रन बनाए । यस्तै, लोकेश बमले २७ रन जोड्दा सन्दीप जोराले २४ रन बनाए । कप्तान शरद भेषवाकर १९ रन बनाएर आउट भए । भुवन कार्कीले १७ रन जोडे ।

पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ३/३ विकेट लिए । गुलशन झाले २ विकेट लिए । आरिफ शेख र योगेन्द्र सिंह कार्कीले १÷१ विकेट लिए । पुलिसले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।एपीएफले दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराएर पुलिससँगको भेट पक्का गरेको हो । पुलिसले भने पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएको थियो ।प्रतियोगिताको विजेताले पाँच लाख र उप–विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस