'विद्युतीय राहदानी लिन लाइन लाग्नु पर्दैन'

पत्रपत्रिकाबाट

आइतबार, ०२ माघ २०७८, ०८ : २४
'विद्युतीय राहदानी लिन लाइन लाग्नु पर्दैन'

काठमाडौं । पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड बढेको छ । सरकारले विद्युतीय राहदानीको प्रचलन सुरु गरेसँगै राहदानी बनाउनेको चाप थपिएको छ ।

भीडलाई व्यवस्थित गर्न राहदानी विभागले अनलाइनबाट समय लिएर आउने नीति ल्याएको छ । घरबाटै अनलाइन फाराम भरेपछि हरेक दिन बिहान ११ बजे, अपराह्न १२, १ र २ बजेको पालो तोकिन्छ । त्यसरी समय पाएकालाई पालैपालो राहदानी उपलब्ध गराउने गरिएको छ ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले सेवाग्राहीलाई एमआरपी लिँदाकै जस्तो बिहानैदेखि लाइनमा बस्ने बानी परेको बताउँदै भने, “लाम लाग्नु आवश्यक छैन । राहदानी लिन तोकिएको समयमा आइपुग्दा हुन्छ ।”

स्वास्थ्य सावधानीका मापदण्डमध्ये मास्कको मात्र प्रयोग गर्नेहरू लाममा अधिक हुने गरेका छन् । कतिपयले त मास्क पनि लगाउने गरेका छैनन् । सामाजिक दूरी कायम गर्ने, बेला बखतमा सेनिटाइजरको प्रयोग गर्नेलगायतका सुरक्षा मापदण्ड अपनाउनेहरू सकभर देख्न पाइँदैन । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस