नेपालमा ३१.८ प्रतिशतले कोरोनाको संक्रमण दर वृद्धि

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १९ : १२
नेपालमा ३१.८ प्रतिशतले कोरोनाको संक्रमण दर वृद्धि

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर उच्च दरमा वृद्धि भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार पुस १९ गते २ प्रतिशतको हाराहारीमा रहेको सङ्क्रमण दर माघ १ गतेसम्म आइपुग्दा ३१.८ प्रतिशत पुगेको हो । 

शनिबार देशभर थप ४ हजार ६३६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७०३ र एन्टिजेन विधिबाट ९३३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट सङ्क्रमण दर ३५.६ प्रतिशत र एन्टिजेन विधिबाट सङ्क्रमण दर २२.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस