चितवनसहित ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० कट्यो

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १८ : १८
चितवनसहित ८ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० कट्यो

चितवन। चितवन र कैलालीमा पनि कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ ।

शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन् । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।


 

प्रतिक्रिया दिनुहोस