काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

सफल खबर संवाददाता

शुक्रबार, ३० पुस २०७८, १७ : ४२
काठमाडौं मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौँ । काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् ।

चिकित्सा शिक्षा आयोगले तोकिएकोभन्दा मेडिकल कलेजहरुले बढी शुल्क लिन थालेपछि शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा आज सिंहदबारमा भएको वार्तामा सहभागी हुन पुगेका शर्मालाई बैठकबाट बाहिरिने क्रममा सोही कलेजमा अध्ययनरत आन्दोलनरत विद्यार्थीले कालोमोसो दलेका हुन् । 

कालोमोसो दल्ने विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

प्रतिक्रिया दिनुहोस