तस्बिरमा मतदान

चितवनमा शान्तिपूर्ण रह्यो मतदान (फोटो फिचर)

विहीबार, २१ मंसिर २०७४, १९ : ३०
चितवनमा शान्तिपूर्ण रह्यो मतदान (फोटो फिचर)

चितवन । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि बिहीबार चितवनसहित ४५ जिल्लामा भएको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । चितवनमा करिब ७० प्रतिशत मतदान भएको अनुमान गरिएको छ । बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म भएको मतदानको क्रममा चितवनका विभिन्न मतदानस्थलमा देखिएका दृश्य यस्ता रहे ।

भरतपुर १४ स्थित आधारभुत विद्यालय शान्तिपुर केन्द्रमा मतदान गर्दै पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड ।

भरतपुर १४ स्थित आधारभुत विद्यालय शान्तिपुर केन्द्रमा तालिम प्राप्त कुकुर परिचालन गर्दै प्रहरी ।

नारायणगढको क्याम्पाचौर नजिक सडक छेउमा मकै पोल्दै महिला ।

लक्ष्मी मावि लंकु मतदान केन्द्र अगाडि मतदानका लागि लाइन बसेका मतदाता महिला ।

नारायणगढको बालकुमारी मावि मतदान केन्द्रमा भेटिएका एक सय वर्षीय मतदाता लीलाहरि पोखरेल ।

नारायणगढको बालकुमारी मावि मतदान केन्द्रमा भेटिएकी एक सय १५ वर्षीया मतदाता डल्लीमाया बसेल ।

लक्ष्मी मावि लंकु मतदान केन्द्रमा मतदानका लागि आएका वृद्धलाई सहयोग गर्दै स्थानीय ।

भरतपुर १७ शारदानगरस्थित मतदान केन्द्रमा सुरक्षाकर्मी र मतदाता ।

भरतपुर १४ शान्तिपुर मतदान केन्द्रबाट देखिएको सूर्योदय ।

भानु मावि मतदान केन्द्रमा मतदान गर्दै मतदाता ।

मतदाताको हातमा मसी लगाइँदै ।

नारायणगढको बालकुमारी मावि मतदान केन्द्रमा ह्वीलचीयरमा बसेरै मतदान गर्दै क्षेत्रपुरका चिरन श्रेष्ठ ।

शिवनगरको आधारभुत विद्यालय शान्तिपुर केन्द्रमा मतपत्रमा मत संकेत गर्दै पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड ।

शिवनगरको आधारभुत विद्यालय शान्तिपुर केन्द्रमा मतदातालाई अंकमाल गर्दै पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड ।

पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डलाई क्यामरामा कैद गर्दै सञ्चारकर्मी ।

प्रतिक्रिया दिनुहोस