काठमाडौं । नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।
भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।
यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ ।
विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-
जम्मा मतदाता : १८०५
अध्यक्ष
रेवती भण्डारी – ९२०
खेमराज पोख्रेल – ७७५
द्वारिकलाल चौधरी- ८०
उपाध्यक्ष
नन्दकुमार बस्नेत -७००
निलम खनाल – १०११
उपसचिव
अन्जनीकुमार पोख्रेल – ४९७
अर्जुन गहतराज – २२९
पदमप्रशाद लिम्बु – ५२५
योग्यराज खड्का – ५६३
लहरुमाया जिमी – २४९
लोकेश निरौला – ४८४
राम कोइराला – ८२१
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले
नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउन पार्टी र सरकार प्रतिबद्ध : नेकपा एमाले
सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बस्दै
संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा हुन्छौँ : महेश बर्तौला