काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।
कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर्ट नेगेटिभ आए पनि उनले फेरि परीक्षण गराएका थिए । उनको दोस्रो रिपोर्ट पनि नेगेटिभ नै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिव्र रुपमा बढिरहेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका नेताहरुसँगको बैठकमा प्रधानमन्त्री देउवा सहभागी भएका थिए । प्रचण्डलाई कोरोना संक्रमण भएर अहिले होम आइसोलेसनमा छन् भने त्यस लगत्तै प्रधानमन्त्रीको कोरोना जाँच गरिएको थियो ।
एक साता भित्र नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, २० : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार