कर्णाली । कर्णाली प्रदेशसभाको नवौ अधिवेशनको पहिलो बैठकमा तीन अध्यादेश पेश तथा दुई विधेयकको फिर्ता प्रस्ताव गरिएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बुधबार प्रदेशसभाको सदन चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी गरेका कर्णाली प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश २०७८, प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७८ तथा कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन, २०७८ सभासमक्ष पेश गरेका छन् ।
त्यसैगरी मन्त्री विष्टले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७८ र कर्णाली प्रदेश आर्थिक विधेयक, २०७८ सभाबाट फिर्ता लिनका लागि प्रदेशसभा नियमावली २०७४, नियम ११९ को उपनियम ३ बमोजिम सभाबाट फिर्ता लिन लागि सभासमक्ष प्रस्ताव पेश गरेका छन् ।
त्यस्तै प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८ जारी गर्न अतिआवश्यक भएकाले सो बमोजिम गरी प्रदेशसभा नियमावली २०७४ नियम ७३ बमोजिम उक्त अध्यादेश सभासमक्ष पेश गरे । ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ पुस २०७८, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै
कर्णालीका कृषिमन्त्रीले गरे कार्यसम्पादन सम्झौता
कर्णाली प्रदेश सभा बैठक बस्दै, कस्तो छ दलहरूको तयारी ?
प्रधानमन्त्रीद्वारा कर्णालीका नेतासँग आगामी बजेटबारे छलफल
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा