शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकोमा सबैप्रति अध्यक्ष दाहालद्वारा धन्यवाद व्यक्त

विहीबार, २१ मंसिर २०७४, १९ : २२
शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकोमा सबैप्रति अध्यक्ष दाहालद्वारा धन्यवाद व्यक्त

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आज सम्पन्न प्रतिनिसभा र प्रदेश सभाको निर्वाचन सामान्य घटना बाहेक शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न भएकोमा सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । दाहालले आज साँझ सफल खबरसँग कुराकानी गर्दै भयरहित ढंगबाट उल्लासमय वातावरणमा देशभर निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ ।

उहाँले यस महान अभियानमा सक्रियतापूर्वक निर्वाचनमा सहभागी भई आफ्नो मत जाहेर गर्नुभएका सम्पूर्ण चितवन लगायतका देशवासीप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । यो निर्वाचन विगतका निर्वाचनको पुनरावृत्ती नभएको भन्दै उहाँले निर्वाचनसँगै इतिहासमै पहिलो पटक नयाँ अध्यायको शुरुवात भएको बताउनुभयो ।

यो निर्वाचनको सफलतासँगै देशमा राजनीतिक स्थायित्वको वातावरण बन्ने भन्दै उहाँले यसले मुलुकलाई समृद्धितर्फ लैजाने बताउनुभयो ।

 उहाँले प्रत्येक मतदाताले निर्वाचनलाई उत्सवका रुपमा लिएर संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस