काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।
“पर्सि शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ”, प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २८ पुस २०७८, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमाथि शंकाको बादलः ‘सत्तारुढ दल नै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिको विपक्षमा’
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेले जनायो आपत्ति
दलहरूसँग निर्वाचन आयोगले माग्यो स्वमूल्यांकन कार्यविधिमा सुझाव
मुकुन्दश्याम गिरीले दिए निर्वाचन आयोगमा उजुरी
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगलाई ताकेता
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी