सफलखबर समाचार प्रभाव

मुना बचतले माघ ११ गतेबाट बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने

प्रकाश सिग्देल

बुधबार, २८ पुस २०७८, १६ : २८
मुना बचतले माघ ११ गतेबाट बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्ने

प्रकाश सिग्देल
चितवन । मुना बचत तथा ऋण सहकारी संस्था हाकिम चोकका अध्यक्ष समिक तामाङ्गले आउदो माघ ११ गतेबाट बचतकर्ताले बचत गरेको रकम फिर्ता गर्ने जनाएका छन् ।

सहकारीका संस्थापक अध्यक्ष श्रीराम कुइकेलले करिव ३ वर्ष अगाडी २ करोड ३८ लाख रुपैंया घोटाला गरेको कारण सहकारीमा समस्या भएको र त्यसको प्रभाव अहिले सम्म पनि आफुहरुले खेप्नु परेको अध्यक्ष तामाङ्गले बताए ।

उनले आफु यही साउन देखी अध्यक्ष बनेको र यो ५ महिनामा आफ्नो समितिले १ करोड २५ लाख रकम सहकारीमा हालेर करिव ७० लाख रुपैया बचतकर्तालाई तिरेको उनको भनाई छ ।

डुबेको सहकारीलाई उकास्न आफु नेतृत्वमा आएको र त्यसैका लागी आफुले धेरै मिहिनेत गरेर बचतकर्ताको पैसा तिरेको, अब बाँकी बचतकर्ताको पैसा ११ गते बाट फर्छयौट गरिने बताए । छोटो समय नेतृत्वमा रहदा आफुले धेरै सुधार गरिसकेको उनको भनाई छ ।

सहकारीको यहि माघ २ गते साधारण सभा रहेको र अब आउने नयाँ समितिले यसको सबै हिसाब मिलाएर सबै बचतकर्ताको रकम जुनसुकै हालतमा पनि फिर्ता हुने दाबी गरे । संस्थापक अध्यक्ष कुईकेलले गरेको घोटाला उसको घर सम्पती बिक्री गरेर असुल्ने तयारी भईरहेको समेत तामाङ्गंले बताए ।

बचतकर्ताको ६ करोड बढि रकम तिर्न बाँकी रहेको र ४ करोड ५० लाख जति लिन समेत बाकी रहकाले अब ५ करोड जति रकम ऋण लिएर सबैको पैसा फिर्ता गर्न आफुहरु लागेको तामाङ्गको भनाई छ ।

२ गते बाट नयाँ ब्यवस्थापनमा सहकारी जाने भएकाले बचतकर्ताको रकम छिट्टै तिर्ने बताउदै उनले बचतकर्तालाई ढुक्क रहन आग्रह गरे । सहकारीको ६ हजार सेयर सदस्य रहेको उनको भनाई छ । मंगलबार सफलखबर डटकममा बचतकर्ताको रकम बारे समाचार प्रकासन गरेको थियो । 

प्रतिक्रिया दिनुहोस