पोखरा । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु गुमाए ।
अध्यक्षमा उपमहासचिव तथा पुर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्यानलबाट मनबहादुर गुरुङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पछि पार्दै गुरुङले अध्यक्ष जितेका हुन् । गुरुङले ४ सय ५६ मत पाउँदा बैरागीले ४ सय ७ मत पाए । गुरुङ कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिवमा काम गरेर कमिटीबाट बाहिरिएका हुन् ।
उपाध्यक्षमा पनि गुरुङ प्यानलकै तेजनारायण अधिकारीले जिते । निकटतम प्रतिश्पर्धी प्रभा कोइरालालाई ८ मतले हराएका हुन् । अधिकारीको ४ सय २१ मत आएको छ भने कोइरालाको ४ सय १३ मत छ । बाँकी पदाधिकारी बैरागी प्यानलका उम्मेद्वार विजयी भए । सचिवमा बैनबहादुर अधिकारी क्षेत्री सबैभन्दा फराकीलो मतान्तरले विजयी हुँदा गुरुङ प्यानलका विष्णु केसी हारे । अधिकारीले ४ सय ७५ मत पाउँदा केसीको ३ सय ६४ मत मात्रै छ ।
उपसचिवमा लेखबहादुर तामाङ (दर्शन लामा) र नवराज ओझा विजयी भएका छन् । लामाले सर्वाधिक ५ सय ४० मत ल्याएका छन् । अर्का विजयी ओझाले ४ सय ६३ मत मत पाए । पराजीत भएका गुरुङ प्यानलका इमानराज पौडेलले ३ सय ५५ र मनबुजा विकले २ सय ३७ मत पाएका छन् । सदस्यहरुको मतगणना ११ बजेपछि गर्ने सहमति छ । ९ सय १९ मतदाता मध्ये कास्कीमा ८ सय ९४ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ पुस २०७८, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत