झापा । मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेशन नेपाल’मार्फत सहयोग गरेका हुन् ।
विद्यार्थीले फाउण्डेशनमार्फत रु तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिए । छात्रवृत्ति वितरणका लागि फाउण्डेशनका संयोजक आशिष लामिछाने र प्रधानाध्यापक लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
संयोजक लामिछानेले आर्थिक अभावले पढाइ छाड्न बाध्य विपन्न समुदायका विद्यार्थीलाई सहयोग गर्न सहयोग गरिएको बताए । सम्झौताअनुसार कक्षा १ देखि ५ सम्मका विद्यार्थीले वार्षिकरूपमा रु पाँच हजार ८००, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले रु आठ हजार ४५० र कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले रु ११ हजार ६०० छात्रवृत्ति पाउने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ पुस २०७८, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटस्थित गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन
दलीय विद्यार्थी संगठन हटाउने सरकारको घोषणा, स्नातकसम्म अध्ययन गर्न नागरिकता नचाहिने
कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा बन्द गर्ने सरकारको घोषणा
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा