एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाईते भएका छन् ।
आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाईतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३जना घाईते भएका छन् ।
आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरु आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फँसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो ।
आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २६ पुस २०७८, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी