जय गोकुल र कृष्ण ब्राण्डका अखाध्य ध्यु बजारमा छयाप्छ्याप्ती

प्रकाश सिग्देल

आइतबार, २५ पुस २०७८, १८ : २५
जय गोकुल र कृष्ण ब्राण्डका अखाध्य ध्यु बजारमा छयाप्छ्याप्ती

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर सप्तगण्डकी आसपासका किराना पसल र होटलको अनुगमन गरेको छ । यहाँ रहेका ५ किराना पसल र १ होटलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए । अनुगमनका क्रममा जय गोकुल र कृष्ण ब्राण्डका अखाध्य घिउ ठुलो मात्रामा फेला परेको र यसलाई नियन्त्रणमा लिईएको शर्माले बताए । त्यस्तै चुक अमिलो र दुनट तथा पाउरोटी पनि बरामद गरिएको शर्माले बताए ।

बजारमा कालोबजारी हुन नदिन अखाद्य म्याद सकिएका र गुणस्तर हिन खाद्य बस्तु बिक्री हुन नदिनका लागि आफुहरुले नियमित अनुगमन गर्ने शर्मा बताउँछन ।बजारमा पछिल्लो समय अनुगमन बढेसंगै अखाद्य बस्तुको बिक्री हुने क्रम घट्दै गएको र उपभोक्ता तथा ब्यापारि दुबै सचेत हुन थालेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए ।

ब्यापार व्यवसाय गर्दा अनिवार्य रुपमा आफनो फर्म घरेलुमा दर्ता गरेर सरकारी बिक्री प्रक्रिया पुरा गरेर मात्रै गर्न घरेलु तथा साना उद्योग कार्यालय भरतपुरका प्रमुख यादवनाथ आचार्य बताए ।सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माको नेतृत्वमा अहिले हरेक दिन जसो सर्वपक्षिय टोलिले बजार अनुगमन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस