काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।
आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको बताए ।खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको कोरोनाको प्रभावले यस्तो चुनौती थपिएको उनको भनाइ छ ।
मूल्यवृद्धिलाई चालु आर्थिक वर्षमा ६।५ प्रतिशत भित्र राख्ने लक्ष्य कायम राख्न समेत चुनौती थपिएको उनले बताए । यसमा आन्तरिक तथा बाह्य दुबै कारण रहेको उनले बताए ।यो साताबाट तरलता केही सहज बनेको उनले बताए । अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको भन्दै यसलाई बढ्दो आयात मुख्य कारण रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ पुस २०७८, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिमा ‘गोटी–चाल’ : ओली–देउवा बिच सत्ताको जुहारी, राष्ट्र बैंक अनाथ
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर
गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार
नीलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा आज गर्लिन् त स्वीकृत ?
गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर
दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....